काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पार्टीको संसदीय दलको नेतामा चयन भएका छन् । आइतबार पेरिसडाँडामा बसेको संसदीय दलको बेठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो ।
गत फागुन २१ मा भएको संसदीय निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सहित १७ सिट जितेको थियो । निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका थिए ।
