काठमाडौँ । शनिबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । लेखकलाई थप अनुसन्धानका लागि म्याद थपका लागि अनुमति लिन जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो ।
भदौ २३ र २४ गतेको आन्दोलनको घटना छानबिनका लागि प्रहरीले लेखकलाई शनिबार बिहान निबासबाटै पक्राउ गरेको थियो । उनलाई प्रहरीले २ नम्बर गण महाराजगञ्जमा राखेको छ ।
