निर्वाचन प्रणाली र संविधान संशोधनसम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न बहस थाल्ने सरकारको निर्णय

काठमाडौं । सरकारले ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गर्ने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ, ‘देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधनसम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सात दिनभित्र “संविधान संशोधन बहस पत्र” तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *