जनकपुरधाम । जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय अन्तरराष्ट्रिय रङ्गशालामा हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारी करिब पूरा भएको छ ।
जिल्ला क्रिकेट सङ्घ धनुषाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही चैत ७ देखि हुने प्रतियोगिताको सबैजसो तयारी भएको जानकारी दिइएको हो ।
एक दिवसीय प्रतियोगितामा नेपालका सात प्रदेशका सात टोली तथा तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने सङ्घका अध्यक्ष गुड्डु पाण्डेले जानकारी दिए ।
प्रदेश राजधानी जनकपुरधाममा उद्घाटन खेल र फाइनल खेल पर्साको नारायणी रङ्गशालामा हुने जनाइएको छ । यस्तै, १९ वटा खेल नारायणी रङ्गशालामा र १० खेल काठमाडौँमा हुने अध्यक्ष पाण्डेले बताए ।
