जय ट्रफी फाइनल : आर्मीविरुद्ध पुलिस १ सय ८० रनले पछाडि

काठमाडौं । जय ट्रफी मेन्स इलिट कपको फाइनल खेलमा नेपाल पुलिस क्लब पछाडि परेको छ । मंगलबार भएको फाइनलको पहिलो दिनको समाप्तिमा नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबविरुद्ध १ सय ८० रनले पछाडि परेको हो ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा निम्तो पाएको आर्मीले ५८.२ ओभरमा अलआउट हुँदै २ सय २१ रन बनाएको थियो । आर्मीको लागि इमरान शेखले अर्धसतक बनाए । उनले १ सय ३७ बल खेल्दै ७ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै भीम शार्कीले ३९, कुशल मल्लले ३८, त्रित राज दासले ३२, बासिर अहमदले ३० र सोमपाल कामीले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

पूलिसको लागि रशिद खानले ४ ओभर बलिङ गरेर एक मेडन राख्दै १७ रन दिएर चार विकेट लिए । यस्तै करण केसी र ललित राजवंशीको नाममा तीन/तीन विकेट रह्यो ।

जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ११ ओभरमा ३ विकेटको क्षतिमा ४१ रन बनाउँदा दिनको समाप्ति भएको थियो । पुलिसको लागि कुशल भुर्तेलले १८ रन बनाउँदा अमित श्रेष्ठ र दिलसाद अली एक/एक रनमा पभिलियन फर्किए । पुलिसका दिनेश खरेल ११ र रशिद खान ३ रन बनाएर नटआउट छन् ।

आर्मीका सोमपाल कामीले ४ ओभरमा एक मेडन राख्दै १९ रन दिएर दुई विकेट लिँदा आकाश चन्दले एक विकेट लिए । अब दोस्रो दिन भोलि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *