एन्फाद्वारा हङकङविरुद्धको मैत्रीपूर्ण खेलका लागि सहायक प्रशिक्षक र व्यवस्थापक नियुक्त

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हङकङविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअघि राष्ट्रिय पुरुष टोलीका सहायक प्रशिक्षक र व्यवस्थापक नियुक्त गरेको छ ।

एन्फाले बालगोपाल साहुखल र चेतकुमार घिमिरेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ भने मदनलाल श्रेष्ठ टोली व्यवस्थापक रहनेछन् । यस्तै, राजीवकुमार यादवलाई सहायक टोली व्यवस्थापक र पंकज शाहीलाई प्रदर्शन विश्लेषकको जिम्मेवारी दिइएको छ ।

उनीहरुले मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईबाट नियुक्तिपत्र लिएका छन् । नेपालले आगामी मार्च २६ मा दशरथ रंगशालामा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *