एन्फा राष्ट्रिय लिगमा लालीगुराँस र एनआरटीको बराबरीमा

काठमाडौँ । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा लालीगुराँस एशोसिएसन र न्युरोड टिम (एनआरटी)बीचको खेल बराबरमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको २६औँ मिनेटमा एनआरटीका कप्तान अञ्जन विष्टले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यस्तै, खेलको अन्तिम मिनेटमा लालीगुराँसका आशिष गुरुङले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल हुन सकेन र खेल एक/एक गोलको बराबरीमा सकियो ।

यस बराबरीसँगै एनआरटी सातौँ स्थानमै सीमित भएको छ । दश खेलमा एनआरटीले १९ अङ्क जोडेको छ । यता समान १० खेल खेलेको लालीगुराँस २० अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *