नुवाकोट-१ मा रास्वपाका विक्रम तिमिल्सिना विजयी

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिना विजयी भएका छन् । तिमिल्सिनाले २२ हजार ६०१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतलाई पराजित गरेका छन् ।

महतले १८ हजार ५९७ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका हितबहादुर तामाङले १३ हजार ३७७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एमालेका बद्रीय मैनालीले ८ हजार ९३२ मत प्राप्त गरेका छन् । नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछाने यसअघि नै विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *