काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । गत फागुन १३ मा पत्नी आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार साढे ५ महिनापछि नेपाल फर्किएका हुन् ।
उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनलाई विमानस्थलमा उनी पक्षधर नेताहरुले बाजागाजा र झाँकीसहित भव्य स्वागत गरेका थिए । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
देउवाको स्वागतमा पुगेका कार्यकर्ताले उनको समर्थनमा नाराबाजी गरेका थिए । गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा उनी गम्भीर घाइते भएका थिए।
