प्युठानको स्वर्गद्वारीका विभिन्न स्थानमा पाँच जनाको शव फेला

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोला किनारमा पाँच जनाको बेवारिसे शव फेला परेका छन् ।

बिहीबार बिहान करिब ७ः३० बजे स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा नाम, थर र वतन नखुलेका पाँच जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रहरीका अनुसार स्वर्गद्वारी–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२÷१३ वर्षका बालकको शव फेला परेको छ। स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोलाको किनारमा एक महिलाको शव फेला परेको छ। स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा दुई महिलाको शव फेला परेको छ। तीमध्ये एक महिलाको शवको बायाँ खुट्टा घुँडादेखि तलको भाग नभएको प्रहरीले जनाएको छ।

फेला परेका पाँचै शवको हालसम्म पहिचान हुन सकेको छैन। शवको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। प्रहरीले परिवारका कुनै सदस्य हराइरहेको भए जिल्ला प्रहरी कार्यालय प्युठानमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *