एपीएफ एन्फा महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब उदयपुरमा जारी एन्फा महिला च्यामपियनसिपको फाइनलमा पुगेको छ । बिहीबार दिउँसो भएको सेमिफाइनल खेलमा संकटा क्लबलाई ३-० गोलले हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।

थारुहाट स्टेडियममा भएको खेलमा एपीएफलाई जित दिलाउन रश्मी कुमारी घिसिङ, अनिता केसी र गीता रानाले समान एक/एक गोल गरे । खेलको ११ औँ मिनेटमा रश्मीले गोल गर्दै एपीएफलाई शुरूवाती अग्रता दिलाएकी थिइन् ।

दुई मिनेटपछि अनिताले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् । यस्तै ८७ औँ मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ३-० गोलको जित दिलाएका हुन् ।

अब एपीएफले उपाधिको लागि फाल्गुन ९ गते त्रिभुवन आर्मी फूटबल क्लबको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *