काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी समूहचरणको खेलमा स्कटल्याण्डले नेपाललाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा स्कटल्याण्डले नेपाललाई जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रन बनाएको हो । स्कटल्याण्डको लागि माइकल जोन्सले अर्धसतक बनाए । उनले ४५ बलमा ८ चौका र तीन छक्काको मद्दतमा ७१ रन बनाए । यस्तै जोर्ज मुन्सेले २७, ब्राण्डन म्याक्मुलेनले २५ तथा मार्क वाट र कप्तान रिच ब्रेनिंगटनले समान १०/१० रन बनाए ।
नेपालको लागि सोमपाल कामीले ४ ओभरमा २५ रन दिएर तीन विकेट लिँदा नन्दन यादवले दुई विकेट लिए । रोहित पौडेल र कुशल भुर्तेलको नाममा एक/एक विकेट रह्यो ।
अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।
