एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । आइतबार राति भएको खेलमा भ्यालेन्सियालाई २-० गोलले पराजित गर्दै म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंकदुरी छोट्याएको हो ।
इस्टाडियो डी मेस्टालामा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन अल्भारो कारेरास र किलियन एम्बाप्पेले समान एक/एक गोल गरे । खेलको ६५ औँ मिनेटमा कारेरासले गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए । यस्तै इन्जुरी समयको पहिलो मिनेटमा ब्राहिम डियाजको पासमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई २-० गोलको जित दिलाएका हुन् ।
जितसँगै म्याड्रिड २३ खेलबाट ५७ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट २३ अंक जोडेको भ्यालेन्सिया १७ औँ स्थानमा रहेको छ ।
