काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मछिन्द्र फूटबल क्लबले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको छ । शनिबार दिउँसो भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई २-० गोलले पराजित गर्दै मछिन्द्रले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन सौरभ सुब्बा र जोनाथनले समान एक/एक गोल गरे । खेलको ४१ औँ मिनेटमा सौरभले गोल गर्दै मछिन्द्रलाई शुरुवाती अग्रता दिलाएका थिए । ७१ औँ मिनेटमा जोनाथनले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए ।
जितसँगै मछिन्द्र तीन खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ भने प्लानिङले समान खेलबाट ४ अंक जोडेको छ ।
