काठमाडौं । साफ फूटसल च्याम्पियनसिप-२०२६ मा नेपालले सहज जित निकालेको छ । शनिबार दिउँसो भएको लिगचरणको खेलमा बंगलादेशलाई ४-१ गोलले पराजित गर्दै नेपालले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो ।
बैंककको नोंथाबुरी स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन लाक्पा तामाङ, सरोज तामाङ, सान्जे स्याङतान र विक्रान्त नरसिंह रानाले समान एक/एक गोल गरे । बंगलादेशको लागि एमडी राहबार वाहेद खानले एक गोल फर्काए ।
जितसँगै नेपालले ५ खेलबाट ८ अंक जोडेको छ ।
