टाइगर कपमा पुलिस, एपीएफ, गण्डकी र पर्वत विजयी

पोखरा । टाइगर कप भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबसँगै गण्डकी प्रदेश र पर्वत भलिबल संघ विजयी भएका छन् । शनिबार बिहान महिलातर्फ भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा आर्मीले पहिलो सेट जितेपनि त्यसपछि लय गुमाउँदा पुलिस विजयी भएको हो । आर्मीले पहिलो सेट २५-१६ले जित्दा पुलिसले दोस्रो सेट २५-२७, तेस्रो सेट २५-२२ र चौथो सेट २५-१३ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।

महिलातर्फ भएको अर्को खेलमा एपीएफले थाइल्याण्ड क्विन्सलाई ३-२ को सेटमा पराजित गरेको हो । शुरूवाती दुई सेट क्रमशः २५-२३ र २५-२१ ले जित्दै खेलको शुरूवात गरेको एपीएफले दोस्रो र तेस्रो सेट क्रमशः २५-२२ र २५-२३ ले विदेशी टोलीलाई सुम्पिएको थियो । पाँचौ तथा निर्णायक सेट १५-१३ ले जित्दै एपीएफले खेल ३-२ को सेटले जितेको हो ।

पुरुषतर्फ भएको दिनको पहिलो खेलमा माल्दिभ्स भलिबल एसोसिएसनलाई ३-० को सोझो सेटमा हराउँदै घरेलु टोली गण्डकीले प्रतियोगितामा पहिलो जित निकालेको हो । गण्डकीले पहिलो सेट २५-१३, दोस्रो सेट २५-१४ र तेस्रो सेट २५-२१ जितेको हो ।

पुरुषतर्फ भएको दोस्रो रोमाञ्चक खेलमा विभागीय टोली नेपाल पुलिस क्लब पर्वत भलिबल संघसँग ३-२ को सेटमा स्तब्ध बनेको हो । शुरूवाती दुई सेट २५-२२ र ३१-२९ ले जितेको पर्वतले दोस्रो सेट २५-२१ र तेस्रो सेट २५-१८ ले पुलिसलाई सुम्पिएको थियो । तर पाँचौ सेट १५-१३ ले आफ्नो पोल्टामा पार्दै पर्वतले खेल आफ्नो पक्षमा पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *