जिम्बाब्वेले नेपाललाई दियो १३० रनको लक्ष्य

काठमाडौं। आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह बी को आफ्नो तेस्रो खेलमा नेपालले जिम्बाब्वेबाट जितको लागि १३० रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट रंगशालामा टस हारे पहिलो ब्याटिङ थालेको जिम्बाब्वेले निर्धारित ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाए पछि नेपालले रनको लक्ष्य पाएको हो ।

जिम्बाब्वेका लागि केलिस एनध्लोभुले सर्वाधिक ५२ रन बनाइन् । यता बलिङतर्फ नेपालकी रिया शर्मा दुई, कविता कुँवर, पूजा महतो, सीता राना र रुबिना क्षेत्रीले समान एक विकेट लिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *