साफ फुटसलमा नेपाल पराजित

काठमाडौं । थाइल्याण्डमा जारी साफ फूटसल च्याम्पियनसिपमा नेपाल पराजित भएको छ । बिहीबार दिउँसो भएको खेलमा नेपाल माल्दिभ्ससँग २-१ गोलले पराजित भएको हो ।

बैंककस्थित नोन्थाबुरी स्टेडियममा भएको खेलमा माल्दिभ्सलाई जित दिलाउन अब्दुल्ला शफिउ र  मोहम्द इम्रानले समान एक/एक गोल गरे । माल्दिभ्सको लागि विक्रान्त नरसिंह रानाले एक गोल फर्काए ।

यसअघि नेपाललपाकिस्तानसँग ४-४ र भारतसँग ३-३ गोलको बराबरी खेल्दा श्रीलंकालाई २-१ गोलले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *