बार्सिलोना सुपर कोपाको फाइनलमा

एजेन्सी ।  बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा एथ्लेटिक क्लबलाई ५-० गोलले हराउँदै बार्सिलोनाले फाइनलको यात्रा तय गरेको हो ।

साउदी अरेबियाको जेद्दाहस्थित अलिन्मा बैंक स्टेडियममा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई तथा फेरान टोरेस, फेर्मिन लोपेज र रोनी बार्डघ्जीले समान एक/एक गोल गरे । खेलको २२ औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । चार मिनेटपछि रोनीले गोल गर्दा बार्सिलोना सहज जिततर्फ अगाडि बढेको थियो ।

३८ औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ४-० गोलको अग्रता दिलाए । ५२ औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५-० गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना ५-० गोलले विजयी भएको हो ।

हारसँगै एथ्लेटिक क्लब प्रतियोगिताबाट बाहिरिएको छ । आज हुने दोस्रो सेमिफाइनल खेलमा रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिड प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *