शीर्ष स्थानमा बार्सिलोना बलियो

एजेन्सी । स्पेनिस लिग ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले जित हात पारेको छ । शनिबार राति भएको खेलमा इस्पानियोललाई २-० गोलले हराउँदै बार्सिलोनाले शीर्ष स्थान ७ अंकको अग्रता लिएको हो ।

आरसिडीई बार्सिलोनालाई जित दिलाउन डानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले समान एक/एक गोल गरे । निर्धारित समयको अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै बार्सिलोनाले जित हात पारेको हो । ८६ औँ मिनेटमा फेर्मिन लोपेजको पासमा ओल्मोले बार्सिलोनालाई शूरुवाती अग्रता दिलाएका थिए ।

यस्तै ९० औँ मिनेटमा लोपेजकै पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २-० गोलको जित दिलाएका हुन् ।

जितसँगै बार्सिलोना १९ खेलबाट ४९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको इस्पानियोल  ३३ अंक जोड्दै पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *