विधान अनुसार नै एन्फाको निर्वाचन गर्ने निर्णय गरेका हौं : महासचिव राई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको विधान अनुसार नै एन्फाको निर्वाचन गर्ने निर्णय गरेको बताएका छन् ।  एन्फाको ‘अर्ली इलेक्सन’ गर्ने निर्णयप्रति केही सदस्यले आपत्ति जनाएपश्चात् उनले शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरेका थिए ।

उनले विधानानुसार नै चार वर्षको कार्यकाल सकिनुअगावै निर्वाचन गर्ने निर्णय गरिएको बताएका हुन् । वर्तमान कार्यसमितिका बारेमा धेरै प्रश्न उठाइएपछि निर्वाचनमार्फत अघि बढ्न खोजिएको उनले स्पष्ट पारे ।

एन्फा कार्यसमितिको पुस १६ गते बसेको बैठकले आगामी माघ २८ गते झापामा निर्वाचन गर्ने निर्णय गरेको थियो। तर, केही सदस्यहरूले उक्त निर्णय विधानविपरीत, अलोकतान्त्रिक र स्वेच्छाचारी भएको आरोप लगाउदै विरोध गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *