साफ फूटसलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । थाइल्याण्डमा हुने साफ फूटसल च्याम्पियनसिप-२०२६ को लागि नेपाली पुरुष र महिला फूटसल टोलीको घोषणा भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले साफको लागि दुवै टोलीको नामावली सार्वजनिक गरेको हो ।

पुरुष टोलीका मुख्य प्रशिक्षक अनिल बहादुर गुरुङ र महिला टोलीका मुख्य प्रशिक्षक विक्रम महर्जनले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । महिला टोलीमा राष्ट्रिय फूटबल टोलीकी फरवार्ड अनिता केसी र बिमला चौधरीले पनि स्थान बनाएकी छिन् । उनीसँगै एपीएफकी गोलरक्षक सावित्री किशानपनि टोलीका अटाएकी छिन् ।

प्रतियोगिता आगामी २०२६ जनवरी १३ देखि २६ सम्म थाइल्याण्डमा हुने तालिका रहेको छ । महिलातर्फ नेपालले १३ जनवरीमा श्रीलंकाविरुद्ध खेल्दै प्रतियोगिताको शुरूवात गर्नेछ भने पुरुषतर्फ नेपालले पहिलो खेल १६ जनवरीमा श्रीलंकासँगै खेल्नेछ ।

पुरुष टोली : अमित लामा, अशोक दर्लामी, विजय श्रेष्ठ, विक्रान्त नर्सिङ राना, विशाल सारु मगर, दिपेश श्रेष्ठ(गोलकिपर), जेनिश प्रजापती, लाक्पा तामाङ, पदन तामाङ(गोलकिपर), पेम्बा दोर्जे लामा, सान्जे स्याङटाङ, सरोज तामाङ, सुबित लामा, सुरज गुरुङ

महिला टोली:- अनिता केसी, अन्जली मचामसी, बिमला चौधरी, बिमला थापा, दीपा राई, जेनिफर राना, झरना डुम्राकोटी(गोलकिपर), मनिषा थापा मगर, प्रतीक्षा ठकुरी, रोशनी बोहोरा क्षेत्री, सावित्री किशान(गोलकिपर), सजिना कोइराला, सुनकला राई, सुष्मा तामाङ

यस्तो छ खेल तालिका
पुरुषतर्फ

महिलातर्फ

Leave a Reply

Your email address will not be published. Required fields are marked *