कर्णाली यश्विस एभरेस्ट महिला भलिबलको फाइनलमा

काठमाडौं । साविक विजेता कर्णाली यश्विस एभरेस्ट महिला भलिबल लिगको फाइनलमा पुगेको छ । बुधबार दिउँसो भएको खेलमा मधेश युनाइटेडलाई ३-०को सोझो सेटमा पराजित गर्दै कर्णाली लगातार दोस्रो सिजन फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा कर्णालीले मधेशमाथि २५-१५, २५-१२ र २५-१७ को सहज जित निकालेको हो ।

जेनजी आन्दोलनका कारण रोकिएको प्रतियिगिता आजबाट काठमाडौंमा शुरू भएको हो । यसअघि लिग पोखरामा भएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *