सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयनमा असफल : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची कार्यान्वयनमा असफल भएको निष्कर्ष निकालेको छ।

शनिबार (असार २०) सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलका मन्त्रालयगत जिम्मेवारी प्राप्त संयोजकहरूको बैठकले सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै उक्त निष्कर्ष निकालेको हो।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयबाट प्राप्त प्रतिवेदनमाथि समीक्षा गरिएको थियो। समीक्षा क्रममा सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्षमा बैठक पुगेको जनाएको छ।

बैठकले सरकारको कार्यसम्पादन र १०० बुँदे कार्यसूची कार्यान्वयनमा देखिएका कमजोरीबारे पार्टीका तर्फबाट संसद्मा सशक्त रूपमा आवाज उठाउने निर्णय समेत गरेको आङ्देम्बेको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *