काठमाडौं । भारतमा जारी नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालले विजयी शुरुवात गरेको छ । बुधबार श्रीलङ्काले दिएको ८८ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमै मात्र १ विकेट गुमाएर भेटायो । नेपालकी मनकेशी चौधरीले २२ बलमा नटआउट ६१ रन बनाइन् ।
श्रीलङ्काकी सन्दया निलान्थीले १ विकेट लिइन् । यसअघि दिल्लीमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायो ।
श्रीलङ्काकी कप्तान तथा विकेटकिपर मिहिरानी दुलान्जलीले सबैभन्दा धेरै २३ रन बनाइन् । नेपालकी कान्ति योगीले ३ विकेट लिइन् । नेपालले अब दोस्रो खेलमा शुक्रबार भारतसँग खेल्नेछ ।
