भैरहवामा यु–१९ क्रिकेट टोलीको प्रशिक्षण

रुपन्देही । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा यु–१९ क्रिकेट टोलीको प्रशिक्षण सञ्चालन गरिएको छ । एसियन क्रिकेट काउन्सिल (एससी) को आयोजनामा युनाईटेड अरब इमिरेट्स (युएई) मा हुने एसिया क्वालिफायरका लागि नेपाली यु–१९ राष्ट्रिय टोली छनोटका लागि यहाँ बन्द प्रशिक्षण सञ्चालन गरिएको हो ।

एसिसीको आयोजनामा यही नोभेम्बर १९ तारिखदेखि युएईमा एसिया क्वालिफायर सुरु हुँदैछ । यु–१९ को राष्ट्रिय टोली छनोट गर्न ३० खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइएको छ । खेलाडीलाई प्रशिक्षकद्वय धिरेन्द्र चन्द र मन्जित श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।

सिद्धार्थ क्रिकेट रङ्गशालामा ३० खेलाडीको छुट्टाछुट्टै टोली बनाएर उनीहरुबीच आन्तरिक प्रतिस्पधा गराइरहेको प्रशिक्षक श्रेष्ठले जानकारी दिए ।

उनले खेलपछि उत्कृष्ट प्रदर्शन गर्ने, अनुभवलगायत सबै पक्षलाई हेरेर १८ खेलाडी छनोट गरिने जानकारी दिए । भैरहवामा प्रशिक्षण सकिएपछि यु–१९ को राष्ट्रिय टोली घोषणा गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *