एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले जित निकाल्दा आर्सनल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन् । शनिबार राति भएको खेलमा चेल्सीले वोल्भ्सलाई ३-० गोलले हराएको हो ।
स्ट्रामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जित दिलाउन मालो गुस्टो, पेड्रो नेटो र जोए पेड्रोले समान एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औँ मिनेटमा गुस्टोले गोल गर्दै चेल्सीलाई शुरूवाती अग्रता दिलाएका थिए । ६५ औँ मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।
यस्तै ७३ औँ मिनेटमा नेटोले गोल गर्दै चेल्सीलाई ३-० गोलको जित दिलाएका हुन् । जितसँगै चेल्सी ११ खेलबाट २० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको वोल्भ्स पुछारमा रहेको छ ।
यस्तै गएरातिनै भएको अर्को खेलमा टोटेन्हाम र म्यानचेस्टर युनाइटेडले २-२ गोलको बराबरी खेल्दा आर्सनल सन्डरल्याण्डसँग २-२ गोलको बराबरीमा रोकिएको छ ।
