काठमाडौं । ‘जेनजी’ आन्दोलनमा दिवङ्गत भएकाहरूको सम्झनामा बुधबार साँझ देशका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ । काठमाडौंको माइतीघर मण्डलामा मौनधारण गरी दीप प्रज्वलन गरेको थियो ।
त्यस्तै पोखरा, विराटनगर, नवलपरासी, नेपालगंजलगायतका विभिन्न स्थानमा सर्वसाधारणले दीप प्रज्वलन गर्दै जेनजी आन्दोलनका क्रममा उठाइएका जायज मागको सम्बोधन हुनुपर्नेमा जोड दिएका थिए ।
जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ ।