काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा शुरु हुने खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरु हुने खेलमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले बलिङ रोजेका हुन् ।
पोखरा आज पहिलो जितको खोजीमा रहेको छ भने जनकपुर लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
