अग्रज नेताहरुले जिम्मेवारी परित्याग नगरे विद्रोह हुन्छः सुदन किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले अग्रज नेताहरुले सम्मानित भइराख्न र पार्टीको साख बचाई राख्न जिम्मेवारी परित्याग गरी अभिभावकत्वको भूमिका ग्रहण गर्नु उचित हुने बताएका छन् ।

सामाजिक संजालमार्फत उनले त्यसो नगरे हाम्रो पुस्ताले उहाँहरु विरुद्ध विद्रोह गर्ने चेतावनी दिएका हुन् । उनले भनेका छन्, ’जेन–जी आन्दोलनका सन्देश ! इतिहासमा योगदान गर्नु भएका अग्रज नेताहरुले सम्मानित भइराख्न र पार्टीको साख बचाई राख्न जिम्मेवारी परित्याग गरी अभिभावकत्वको भूमिका ग्रहण गर्नु उचित हुनेछ । त्यसो नगरे हाम्रो पुस्ताले उहाँहरु विरुद्ध विद्रोह गर्न बाध्य हुनु पर्ने छ । नत्र जनताले हामीलाई बहिस्कार गर्ने छ । अब के गरौं।‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *