कोरोनालाई जितेपछि १ सय ३ वर्षकी बृद्धाले गरिन् अस्पतालको बेडमै बियर पार्टी

न्युर्योक । कोरोना महामारीले बिश्वलाई आक्रान्त पारी रहेको बेला विश्वमा अनौठा खालका घटनाहरु भइरहेको छन् । कोरोना महामारीले के बुढा के बुढी सबैलाई आक्रमण गरिरहेको छ ।

अमेरिकाको म्यासाच्युसेटमा एउटा अनौठो घटना घटेको छ । विश्वमा सबै भन्दा धेरै कोरोना संक्रमित अमेरिकामा भेटिएका छन् । म्यासाच्युसेट निवासी एक १सय ३ वर्षकी बृद्धालाई कोरोनाले आक्रमण गर्यो । लामो समय अस्पतालमा भर्ना गरिएकी ती बृद्धाले कोरोनालाई जितेपछि उनले खुशियाली मनाउने बिचार पनि गरिन् । आफुमा कोरोना संक्रमण नभएको भन्ने चिकित्सकको कुरा सुनेपछि खुशी भएकी ती बृद्धाले अस्पतालको बेडमै चिसाे बियर मगाएर खाइन् ।

उनको सेवामा खटिएका अस्पतालका स्टाफहरुले उनको इच्छा सुनेपछि आफैले चिसो बियर किनेर अस्पतालको बेडमा नै खाने ब्यवस्था मिलाएका थिए । उनले बियर पिएको फोटो अहिले सामाजिक संजालमा भाइरल नै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *