प्रदेश २ सरकारले गर्यो नियुक्ति

धनुषा । प्रदेश २ सरकारले आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र चलचित्र विकास बोर्डका अध्यक्ष पदमा नियुक्त गरेको छ।

आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्राधिकरणका अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलका अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डका अध्यक्षमा धर्मेन्द्र मरबैतालाई नियुक्त गरेको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले जानकारी दिए।

यादव र भट्टराई सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् भने मोरबैता सिरहा जिल्ला निवासी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *