नापी कार्यालय कलंकीका कार्यालय सहयोगी १३ हजार घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई पक्राउ गरेको छ ।

उनलाई अख्तियारको टोलीले १३ हजार घुससहित सोमबार नापी कार्यालयबाटै पक्राउ गरेको हो । चन्द्रागिरी नगरपालिका–१३ नम्बरमा रहेको जग्गा नयाँ पुर्जा बनाउने प्रयोजनका लागि घुस लिएको रकमसहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *