भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दुई करोड धरौटीमा रिहा

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा रिहा भएका छन् ।

आज न्यायाधीशद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुललमानको संयुक्त इजलासले गुरुङलाई दुई करोड धरौटीमा छाड्ने आदेश दिएको हो । आदेश लगत्तै भाटभटेनीका सञ्चालक गुरुङ दुई करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *