काठमाडौं । नेपालले अन्तराष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले प्रदान गर्ने ग्लोबल अवार्ड अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेको छ । सिङ्गापुरमा शनिबार भएको आईसीसीको वार्षिक सम्मेलनमा नेपालले लगातार दोस्रोपटक उक्त अवार्ड जितेको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले उक्त अवार्ड ग्रहण गरेका हुन् ।
नेपाल एसियाली क्षेत्रको विजेताका रुपमा ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्डको मनोनयनमा पारेको थियो ।
यस अवार्डको मनोनयनमा नेपालसँगै अफ्रिकन क्षेत्रबाट नामिबिया, अमेरिकी क्षेत्रबाट बर्मुडा र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट इन्डोनेसिया परेका थिए ।