काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने प्रलोभन देखाएर २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ बस्दै आएका ४६ वर्षीय लहानु राम चौधरी रहेका छन् ।
प्रहरीका अनुसार चौधरीले क्यानडामा आकर्षक रोजगारी मिलाइदिने भन्दै २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ असुलेका थिए।
रकम लिएपछि उनी पीडितहरूको सम्पर्कबाट बाहिरिएपछि पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
