नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार राति काठमाडौंको चक्रपथमा चक्कर लगाउने

काठमाडौँ । नेपाली सेनाका बख्तरबन्द गाडीले माघ १९ गते राति काठमाडौंको चक्रपथमा चक्कर लगाउने भएका छन् । सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति नियमित अभ्यास अनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने भएको हो ।

त्यस्तै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *