पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम मागेको अभियोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयर सुरेन्द्र अधिकारीविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गत कार्यरत सब–इञ्जिनीयर अधिकारीले निकासा दिलाइदिएवापत एक लाख ५० हजार रुपैयाँ अतिरिक्त रकम लिएको आरोप लगाएको छ ।

सेवाग्राहीसँग अतिरिक्त रकम मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले निजलाई अतिरिक्त रकम लिइरहेको बेला नियन्त्रणमा लिएको थियो । सव–इञ्जिनीयर अधिकारीले विद्यालयको शौचालय निर्माण सम्पन्न भएपश्चात् अन्तिम किस्ता निकासा गरी दिएवापत सेवाग्राहीसँग घुस लिएको आयोगले आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *