ट्रम्प बिरुद्धको दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाईने, वहस फेब्रुअरी ८ बाट सुरु हुने

डिसी । भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लगाउने भनिएको दोश्रो महाअभियोगको पहिलो प्रस्ताव सोमबार सिनेटमा पठाईने भएको छ । तर महाअभियोगको वहस भने फेब्रुअरी ८ देखि प्रारम्भ हुने भएको छ ।

राष्ट्रपति जो बाइडेनले मनोनित गरेका मन्त्रिमण्डलका विभिन्न पदहरुका व्यक्तिहरुको सिनेटबाट अनुमोदन गर्नु पर्ने भएकोले तुरुन्तै गर्न ढिलाई भएको हो । साथै सिनेटका अल्पमतका नेता मिच म्याकोनेलले महाअभियोगको प्रस्ताव फेब्रुअरीको दोश्रो हप्तामा ल्याउन आग्रह गरेका थिए ।

उनले ट्रम्पका कानुन व्यवसायीहरुको टोलीलाई समय दिनु पर्ने समेत अनुरोध गरेका थिए । यता सिनेटका वर्तमान बहुमतका नेता चक सुमर र मिच म्याकोनेल बीच सम्झौता भए पछि महाअभियोगको परीक्षण बहस सारिएको चक सुमरले जानकारी दिएका छन्

महाभियोगको परीक्षणमा ढिलाइले डेमोक्र्याटहरूका लागि अर्थपूर्ण बनाउँछ किनभने यो मुद्दा बाइडेनको मन्त्रिपरिषद्को स्वीकृति रोक्न सक्ने खतरामा रहेको छ।तल्लो सदनमा महाअभियोगको पहिलो प्रस्ताव पारित भएको थियो भने उक्त प्रस्ताव सिनेटमा जनवरी २५ का दिन सोमबार ल्याइने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *