मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा डिजेलमा २५ र पेट्रोलमा २० रुपैयाँ घट्यो मूल्य

कोलम्बो। मध्य पूर्व युद्धविराम पछि श्रीलंकाले मङ्गलबार इन्धनको मूल्यमा छ प्रतिशतसम्म कटौती गरेको जनाइएको छ।

श्रीलंकाको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताएको छ।

अमेरिका र इरानले आफुहरुबीच द्वन्द्व अन्त्य गर्न वार्ता गर्ने सहमती भए पछि अन्तर्राष्ट्रिय ऊर्जाको मूल्यमा आएको तीव्र गिरावटसँगै श्रीलंकामा पनि उर्जाको मुल्यमा कटौती गरिएको जनाइएको छ।

गत फेब्रुअरी –२८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि श्रीलंकाले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतले बढाएको थियो।

द्वन्द्वको समयमा उच्च आयात र लागत बीच सन्तुलन कायम गर्न श्रीलङ्कामा बिजुलीको शुल्क पनि एक तिहाइले वृद्धि गरिएको अधिकारीहरूले बताएका थिए।

श्रीलंकाले आवाश्यक सबै तेल खरीद गर्ने र बिजुली उत्पादनका लागि आयातित कोइलामा पनि निर्भर रहने अवस्था रहेकाले मध्य पूर्वमा जारी लामो द्वन्द्वले कमजोर आर्थिक अवस्थालाई प्रभावित पार्न सक्ने चेतावनी दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *