प्रज्जवल थापा । एसी मिलानले आफ्नो उत्कृष्ट लयलाई जारी राखेको छ । गएराति भएको खेलमा मिलानले काग्लियरीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
काग्लियरीलाई उसैको मैदानमा हराउने क्रममा मिलानको लागि जाल्टन इब्राहिमोभिकले दुई गोल गरे । खेलको सातौं मिनेटमा इब्राहिमोभिकले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । विपक्षी खेलाडीले आफैलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा इब्राहिमोभिकले कुनै गल्ती गरेनन् ।
यस्तै ५२ औँ मिनेटमा डाभिडे कालाब्रीयाको पासमा जाल्टनले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा एसी मिलान २-० गोल अन्तरले विजयी भयो ।
जितसँगै मिलानले १८ खेलमा ४३ अङ्क जोड्दै शिर्ष स्थानमा यथावत रहेको छ ।
