गुडिरहेको ट्रक पहिराेमा पुरियो, बुटवल–तानसेन सडक अवरुद्ध

पाल्पा । अविरल वर्षाको कारणले सिद्धार्थ राजमार्गमा गएको पहिरोले गुडिरहेको एउटा ट्रक पुरेको छ  । ट्रक चालक र सह चालक भने पहिरोबाट भागेर बाँच्न सफल भएका छन् । 

तानसेन नगरपालिका वडा नम्वर ८ को  गैडेपुल नजिकैमाथिबाट हिजो राति गएको पहिरोले लु १ क ११७५ नम्वरको ट्रक पुरेको हो । उक्त सडक खण्ड अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ ।

पहिरो पन्छाउन दुबै तर्फबाट डोजर लगाइए पनि दिनैभर सडक अबरुद्ध हुन सक्ने पाल्पाका प्रहरी प्रमुख एसपी दिपक खरेलले बताएका छन् ।  

त्यहाँको पहिरोका कारण बाग्लुङ्ग, गुल्मी, स्याङ्गजा, पाल्पा र पोखरातर्फ आवत जावत गर्ने यात्रुवाहक र मालवाहक सवारी साधन ठप्प भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *