संकटालाई हराउँदै थन्डरबोल्ट आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा

पोखरा । भारतको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । शुक्रबार दिउँसो भएको प्रि-क्वाटरफाइनल खेलमा नेपालको संकटा फूटबल क्लबलाई ३-१ गोलले हराउँदै थन्डरबोल्ट क्वाटरफाइनलमा पुगेको हो ।

पोखरा रंगशालामा भएको खेलमा थन्डरबोल्टलाई जित दिलाउन फ्रान्क्लिन कुएते टाल्ला, किरण राई र आदर्श तामाङले समान एक/एक गोल गरे । संकटाको लागि मनिष पौडेलले एक गोल गरे । खेलको १६ औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई शुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा कुएटे टाल्लाले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

७७ औं मिनेटमा किरणले गोल गर्दै युनाइटेडलाई २-१ गोलको अग्रता दिलाए । यस्तै ८८ औं मिनेटमा आदर्शले गोल गर्दै युनाइटेडलाई ३-१ गोलको जित दिलाएका हुन् ।

अब भोलि हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *