बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार चितुवाको आक्रमणबाट बाख्रा चराउन गएकी बर्दियाको मधुवन नगरपालिका–७ की जुनाकुमारी लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई नेपाल–भारत सीमा क्षेत्रमा बाख्रा चराउन गएका बेला चितुवाले आक्रमण गरेको थियो । स्थानीयले देखेर होहल्ला गरेपछि चितुवा भागेको थियो ।

तर घाइते भएकी लामिछानेको जिल्ला अस्पताल गुलरिया पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *