जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तनहुँ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दिपुर गाउँपालिका-१ डुम्रे बस्ने भारत मोतीहरी घर भएका २२ वर्षीय श्रवण कुमारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

श्रवणले ती किशोरीलाई डर त्रास देखाई असोज १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *