३० तोला सुन प्रकरण : छानविन समिति गठन

काठमाडौं ।सामाखुसीबाट पुस १० गतेमा लुटिएको दाबी गरिएको ३० तोला सुन प्रकरणमा प्रहरीको भूमिकामाथि छानविन गर्न समिति गठन भएको छ। महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी उपरीक्षक भोलाराज रावलको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको हो।
समितिमा काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी प्रमेश विष्ट र अपराध महाशाखाका डीएसपी निशान थापा सदस्य छन्। रावल नेतृत्वको समितिलाई प्रकरणबारे यथाशिघ्र छानविन गरेर प्रतिवेदन बुझाउन कार्यादेश दिईएको छ।

अल नेपाल अस्पताल अगाडिबाट दोलखाका संयोग कार्की, सुवास तिम्सिनासहितका व्यक्तिको सुनको ब्रास्लेट लुटिएको घटनामा प्रहरी जोडिएपछि समिति गठन भएको हो। मनगरीय प्रहरी प्रभाग बसपार्कका प्रहरी नायब निरीक्षक (सई) नवराज इटानीले योजनाकार भएको बताउँदै सुर्खेतका दीपक नेपालीलाई पक्राउ गरेका थिए।
सई ईटनीले उक्त घटनाको जानकारी महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख डिएसपी रोशन खड्कालाई दिएका थिए। डिएसपी खड्काले सुन खरिदको बिल नभएको भन्दै नेपालीलाई छाडेको आरोप छ।‘घटनाबारे जानकारी आएको छ, छानविन गर्न समिति गठन भएको छ। हामी छानविन गर्दैर्छौं, डिएसपी विष्टले भने,‘को दोषी हो उसलाई कारबाही हुन्छ।’अन्नपूर्ण पोष्ट दैनिकबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *