महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल उपलब्ध गराउन कांग्रेसको पत्र

काठमाडौँ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशन आयोजना गर्न राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लवी, पार्किङ स्थल तथा बगैँचा उपलब्ध गराइदिन अनुरोध गरेको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाउँदै महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि असोज १५ गतेदेखि २० गतेसम्म ६ दिनका लागि उक्त स्थानउपलब्ध गराइदिन अनुरोध गरेका हुन् ।

कांग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६, १७, १८ र १९ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ।

महाधिवेशनजस्तो महत्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रमलाई सफल र व्यवस्थित रूपमा सम्पन्न गर्न राष्ट्रिय सभा गृहबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्राप्त हुने विश्वाससमेत कांग्रेसले व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *