सैनिक मुख्यालयमा पृथ्वीनारायण शाह अध्ययन केन्द्र उद्घाटन

काठमाडौँ । नेपाली सेनाको मुख्यालयमा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको छ । सोमबार जङ्गीअड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरेका हुन् ।

केन्द्रमा पृथ्वीनारायण शाहकालीन इतिहास झल्काउने चित्रकलालगायतका महत्त्वपूर्ण जानकारी रहेको सेनाले जनाएको छ । कार्यक्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *