रसुवा । रसुवाको नौकुन्ड गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ वर्षका सोनाम वाईवा रहेका छन् ।
बा४४ प ७६६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएका र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटो मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । उनको शवलाई जिल्ला अस्पताल नुवाकोटको शव गृहमा राखिएको छ ।
