प्रज्जवल थापा । इङलिस प्रिमियर लिग क्लब टोटेन्हाम हस्टपर कारबाओ कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनल खेलमा टोटेन्हामले च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० गोलले हराउँदै फाइनलको टिकट काटेको हो ।
घरेलु मैदान हस्टपर रंगशालामा भएको खेलमा टोटेन्हामलाई जित दिलाउन मोउस्सा सिसोको र ह्युङ मीन सनले एक/एक गोल गरे । खेलको १२ औँ मिनेटमा सेर्जियो रेगुलोनको पासमा सिसोकोले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए ।

यस्तै खेलको ७० औँ मिनेटमा डोम्बेलेको पासमा सनले होल गर्दै टोटेन्हामको अग्रता दोब्बर बनाए । बाँकी समयमा थप गोल हुन नसक्दा टोटेन्हाम २-० गोलले विजयी भएको हो । अब टोटेन्हामले फाइनलमा म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटीबिच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।
